अब हजारको नोटमा जुम्ल्याहा हात्तीको चित्र रहने

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले निष्कासन गर्ने १००० दरको नोटमा अब दुईवटा (जुम्ल्याहा) हात्तीको चित्र रहने भएको छ ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै १००० दरको नोटमा एउटा हात्तीको चित्र रहने गरेकोमा अब दुईवटा हात्तीको चित्र रहेने र सो नोट आजकै दिनदेखि चलन चल्तिमा ल्याउने जनाएको छ ।

नोटको मध्यभागमा चितवन जिल्लाको सरकारी हात्तीसारमा रहेको नेपाली हात्तीमा दुर्लभ मानिने देवकलीबाट जन्मेका राम-लक्ष्मण भनेर चिनिएको दुईवटा जुम्ल्याहा हात्तीको फोटो रहने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय