लमजुङमा पहिरोमा परि दुइजना गम्भीर घाइते, १८ घर क्षतिग्रस्त

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

७ साउन, काठमाडौं । लगातारको अविरल बर्षासँगै उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिका –३ खुदी पल्लोटारीमा भीषण पहिरो जाँदा १८ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।

बुधबार बिहान ९ बजे आएको भीषण पहिरोमा परी ८० घरपरिवार बिस्थापित भएका छन् । पहिरोमा परी आठजना घाईते भएको प्रहरीले जनाएको छ ।

घाईतेहरुलाई स्थानीय खुदी स्वास्थ्य चौकीमा उपचार गराईरहेको र गम्भीर घाईते दुईजनालाई भने सदरमुकामस्थित जिल्ला सामुदायिक अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ ।

यतिवेला प्रहरी र स्थानीयहरुको टोलीले पहिरोबाट जोगिएका सामाग्रीहरु संकलन गर्ने काम गरिरहेका छन् । पहिरोबाट बिस्थापित भएकाहरुलाई स्थानीय सामुदायिक भवन, सामुदायिक विद्यालयमा राख्ने तयारीमा जुटेको मस्र्याङ्दी गाउँपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय