कक्षा १२ को परीक्षा असोज १५ गतेभित्र गर्ने तयारी

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

७ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोज १५ गतेभित्र सम्पन्न गर्ने तयारी गरेको छ ।

सरकारले भदौ एक गतेदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै बोर्डले असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना बनाएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।

विगतमा परीक्षा केन्द्र तय गरिएका २ सय ५० भन्दा बढी विद्यालयहरु क्वारेन्टाइन बनाइएका कारण ती केन्द्रहरु निर्मलीकरण गरी झण्डै दोब्बरको संख्यामा केन्द्र र उपकेन्द्रहरु थपेर परीक्षा सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ ।

परीक्षा सकिएको १ महिना भित्र नतिजा सार्वजनिक गर्ने योजना बोर्डको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय