सुनकाे भाउले राख्याे नयाँ रेकर्ड

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

९ साउन, काठमाडौं । नेपालमा सुनकाे भाउले नयाँ रेकर्ड राखेकाे छ ।

बिहीबार ९४ हजार ५०० रूपैयाँमा काराेबार भइरहेकाे छापावाल सुन शुक्रबार ताेलामा १३ सय बढेर ९५ हजार ८०० पुगेकाे छ ।

त्यस्तै तेजावी सुन प्रतिताेला ९५ हजार ३ सय ६५ रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुन चाँदी महसंघले जानकारी दिएकाे छ ।

यस्तै शुक्रबार चाँदी प्रतिताेला १ हजार १ सय ५० रूपैयाँमा काराेबार भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय