साम्राज्ञी बिरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

९ साउन, काठमाडौं । चलचित्र अभिनेता तथा निर्माता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेका छन् ।

चलचित्र ड्रिम्सको सुटिङको क्रममा निर्माण युनिटले आफूलाई वेवास्ता गरेको टिप्पणी गरेपछि उक्त कुराले खुबै बिबादास्पद अवस्था सिर्जना गरेको हो ।

साम्राज्ञीले उक्त टिप्पणी लगत्तै केसीले साम्राज्ञीले जुन थालमा खायो त्यहि प्वाल पारेको प्रतिक्रिया दिएका थिए । त्यसपछि झन विवाद चर्को बन्दै गयो ।

साम्राज्ञीले आफ्नो इज्जतमा नै दाग लगाउने गरि केही शब्द प्रयोग गरेको र गलत आरोप लगाएको भन्दै भुवनले मुद्दा दर्ता गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसअघि अभिनेता भुवन केसीले साम्राज्ञी राज्यलक्ष्मी शाहले लगाएको दुर्व्यवहारको आरोपले आफ्नो चरित्र हत्या भएको भन्दै चलचित्र कलाकार संघमा पनि उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय