९ साउन, काठमाडौं । शुक्रबार नेपालमा थप १ सय ३३ जनामा कोरोना पुष्टि भएको छ ।
कुल ३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी १०७ जना निको भइ घर फर्किएका छन । यो सँगै निको हुनेको संख्या १२ हजार ९ सय ४७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
बिरगन्ज ११ बस्ने मुटुसम्बन्धी बिरामी रहेकी ८५ बर्षीय महिलाको मृत्यु भएको हो । यो संगै मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।