११ साउन, काठमाडौं । काँकडभिट्टा नाकामा कार्यरत १८ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
उनीहरु सबैलाई आइसोलेसनमा राखेर उपचार भइरहेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रवीण श्रेष्ठले जानकारी दिए । उनका अनुसार संक्रमित कुनै पनि प्रहरीमा लक्षण भने देखिएको थिएन ।
यस्तै कोभिड १९ संक्रमणबाट एक जना व्यापारीको मृत्यु भएको छ। वीरगंजको आर्दशनगरका ६५ वर्षीय बृद्धमा शनिवार साँझ वीरगंज हेल्थ केयर हस्पिटलको कोभिड युनिटमा आरडीटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई गण्डक अस्पतालमा शनिवार राति साढे ७ बजे भर्ना गरिएको थियो।
उनी पहिलादेखि मुटु रोग र मधुमेहका बिरामी रहेको स्वास्प्रस्वासमा समस्या देखिएपछि उनको गण्डक अस्पतालमा राति भर्ना भएकोमा राति ११ बजे ईमर्जेन्सी वार्डमै भेन्टिलेटर व्यवस्थापन गरी उपचार भइरहेको थियो। आइतवार बिहान ६ : १० मा उनको मृत्यु भएको गण्डक अस्पतालका संयोजक डा उदयनारायण सिंहले बताए ।