
११ साउन, काठमाडौं । सर्लाहीमा बाख्रा चराउन गोठालो गएका दुई बालिका मृत अवस्थामा फेला परेका छन् ।
मृतमध्ये सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर- १४ हरकठवाका रामपृत महतोको १३ वर्षीया छोरी अन्जली कुमारी महतो र सोही ठाउँका आनन्द महतोकी १० वर्षीया छोरी आरती कुमारी महतो हुन् ।



शनिबार बिहान १० बजे तिर बाख्रा चराउन गएका दुई बालिका साँझसम्म घर नफर्किए पछि आफन्तहरुले खोजी सुरु गरेका हुन । खोजतलासको क्रममा स्थानीय प्रकाश महतोको नयाँ खन्दै गरेको पोखरीमा दुवै जनाको शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिनुभएको छ ।
प्रहरी प्रवक्ता कुँवरका अनुसार दुवै बालिकाको कपडा र चप्पल पोखरी छेउमा भेटिएकोे थियो । दुवै बालिकाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा ल्याइसकिएको र घटनाको अनुसन्धान सुरु गरेको प्रवक्ता कुँवरले जानकारी दिनुभयो ।