मकवानपुरमा आलुको भाउ आकासियो, किसान उत्साहित

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

११ साउन, काठमाडौं । आलु तरकारीको परिकार मध्येको सर्व प्रिय तरकारी हो । आलुको विभिन्न परिकार पनि बनाउन सकिनुका साथ अन्य तरकारीहरुसँग मिसाउदा पनि मीठो परिकार बन्ने हुदा आलु सर्वप्रिय बनेको हो । प्रायः भान्सामा अालु बिनाको तरकारी खल्लो मानिन्छ ।

मकवानपुरको थाहा नगरपालिका सबै भन्दा बढी तरकारी उत्पादन हुने ठाउँ हो जहाँ आलुको उत्पादन अझै धेरै हुने गर्दछ I यहाँका किसानले माघ महिनामा रोपेरको आलु जेठको अन्तिम साताबाट खन्नेर बेच्न सुरु गर्दछन् ।

गत असार महिनामा आलुको मुल्य प्रती किलो रु ३० रुपैयाँ देखी ३५ रुपैयाँमा बेचेकोमा एक महिना पछि आएर अहिले आलुको मुल्य प्रति किलो रु ५५ देखी ६० रुपैयाँमा ब्यापारी घरमै आएर खरीद गर्न थाले पछि किसान उत्साहित भएका छन् ।

आफूले खुबै मेहनत गरे पनि आफ्नो मेहनतले उचित मुल्य नपाउदा निराश भएका किसानहरू यसरी आफ्नो उत्पादनले उचित बजार र बजार मूल्य पाउँदा आफूहरु एकदमै खुसी भएको र थप मेहनत गरेर तरकारी खेति गर्न जोस- जागर पैदा भएको थाहा नगर ७ का किसान अजय मोक्तानले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय