
१२ साउन, काठमाडौं । सोमबार बिहान सुनसरीको तरकारी बजारमा आगलागी हुदा ११ भन्दा बढी पसलमा क्षति भएको छ ।
जिल्लाको धरान उपमहानगरपालिका वडा नम्बर- ३ स्थित तरकारी बजार आगलागीमा परेर ११ वटाभन्दा बढी पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।



बजारको अघिल्लो भागमा रहेको कस्मेटिक र फलफूल पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
धरान उपमहानगरपालिकाको बारुणयन्त्रण र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।