१२ साउन, काठमाडौं । गण्डकी प्रदेशमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका दुईजना कास्की जिल्ला पाेखरा महानगरपालिकाका रहेका छन ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३७७ पुगेको छ भने कोरोना निको हुनेको संख्या १२०१ पुगेको छ ।