कालापानी र लिम्पियाधुरामा नेपालीको प्रवेश रोक्न दार्चुलालाई भारतको पत्र

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१२ साउन, काठमाडौं । भारतले कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको छ ।

भारतले गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न आग्रह गरेको छ । सीमावर्ती धारचुला जिल्ला प्रशासनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई एक पत्र पठाउँदै यस्तो आग्रह गरेको हो ।

नेपालले ती क्षेत्र समेटेर नयाँ नक्सा जारी गरे पनि भारतले गुन्जी, कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका क्षेत्र अझै पनि आफ्नो दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय