
१२ साउन, काठमाडौं । एसइईको नतिजा एक हप्ताभित्र सार्वजनिक हुने भएको छ ।
यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थीले एसइई परीक्षा दिदै भएता पनि कोभिड-१९ का कारण परीक्षा तालिका र केन्द्र समेत तोकिएको एसईई परीक्षा रोकिएको थियो ।



लामो समय सम्म मुलुक लकडाउनमा परेकोले परीक्षा लिन झनै गाह्रो भएपछि एसईई परीक्षा आन्तरीक मुल्यांकनकै आधारमा प्रकाशन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।
सोही निर्णय अनुसार देशभरका विद्यालयबाट सम्पूर्ण विवरण आइसकेको र अहिले हार्डकपी एवं सफ्टकपी रुजुको काम भइरहेको र एक हपताभित्रमा नतिजा सार्वजनिक गर्ने बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिनुभयो ।