१३ साउन, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो (सोमबार) यसको मूल्य ९७ हजार ५०० रुपैयाँ तोकिएको थियो।
यस्तै, तेजाबी सुन प्रतितोला ९७ हजार ७६० रुपैयाँ निर्धारण गरिएको छ। अब सुनको भाउ केही दिनमै तोलामा लाख कट्ने अवस्था देखिएको महासंघका पदाधिकारी बताउँँछन् ।
चाँदी मंगलबार तोलामा ३५ रुपैयाँ बढेको छ । तोलाको १२ सय ४५ रुपैयाँमा चाँदी कारोबार हुँदैछ ।