दाङमा पहिरोमा परि दुईजनाको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१४ साउन, काठमाडौं । दाङमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ ।

गएराति देखिको अविरल वर्षा पछि आएको पहिरोले घर पुरिँदा बंगलाचुली गाउँपालिका – ५ साकिने निवासी २४ वर्षीया बाटुली नेपाली र उनकी २ वर्षीया छोरी आयुस्मा नेपालीको मृत्यु भएको हो ।

आज बिहान ३ वजे तिर गएको पहिरोले फुसको घर पुरिदा उनीहरुको मृत्यु भएको हो ।

मृतक दुवैको शव घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय