रोटरी क्लव अफ त्रिपुरेश्वरद्धारा वृक्षारोपण

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

१४ साउन, काठमाडौं । रोटरी क्लव अफ त्रिपुरेश्वरले बुधबार त्रिपुरेश्वरमा २ सय विरुवा रोपेको छ । क्लवका अध्यक्ष भुवनकुमार श्रेष्ठले वातावरण जोगाउने अभियान अन्तर्गत वृक्षारोपण गरिएको जनाएका छन् ।

भर्खरैमात्र अध्यक्ष भएका उनले वातावरण जोगाउने महान् अभियानमा साथ दिन सबैलाई आग्रह गरेका छन् । ‘ यो सबैको साझा अभियान हो, कसैको लागिमात्र हो भन्ने सोचियो भने अभियान सफल हुन सक्दैन’ उनले भने ‘ कमसेकम तीन वर्षसम्म विरुवालाई जोगाउने जिम्मा हाम्रो हो र यही काममा सधैं लागिरहन्छु ।’ त्रिपुरेश्वर रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले अध्यक्ष श्रेष्ठले तीन वर्षको लागिमात्र जिम्मा लिन्छु भनेर नपुग्ने र त्यसपछि पनि संरक्षण गरिरहनुपर्नेमा बताए । वडाध्यक्ष श्रेष्ठले तीन वर्षपछि कसले जिम्मा लिने भनेर प्रश्न पनि गरे ।

वडाध्यक्ष तण्डुकारले आफ्नो वडाको तर्फबाट पनि अभियानमा सक्दो पहल गर्ने जनाए । उनले बोटविरुवाले वातावरण प्रदुषण रोक्ने र धुलो धुँवाबाट पनि बचाउने भएकाले वृक्षारोपण अभियान सकारात्मक रहेको प्रतिक्रिया दिए । उनले बोटविरुवा रोप्दा पेटी सानो हुन्छ कि भन्ने पनि प्रश्न आए पनि त्योभन्दा मानिसको जीवन सुरक्षित र स्वच्छ राख्नु प्रमुख कर्तव्य भएको बताए । उनले बोटविरुवा हरियालीले आँखालाई पनि शितल हुने र मानिसमा सकारात्मक चेतना जगाउने समेत स्पष्ट पारे ।

कार्यक्रममा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यका साथै विभिन्न क्षेत्रका प्रतिनिधिले सधैं सहयोग जुटाउने प्रतिबद्धता जनाए । चक्रपथ सफाई अभियानका प्रमुख अभियन्ता तारबहादुर कुँवरले आफू त्रिपुरेश्वरबाट टाढा भएपनि अभियानमा संलग्न भएको बताए । रोटरीका त्रिपुरेश्वर सदस्य उनले वातावरण जोगाउन अहिले चुनौती भएको स्पष्ट पारे । ‘ मानिसको जीवनलाई वातावरण र बोटविरुवाले स्वच्छ राख्छ तर हामी यसतर्फ त्यति ध्यान दिन्नौं’ कुँवरले भने ‘ यस्तो सामाजिक काममा सहभागिताका लागि सबैसँग आग्रह गर्न सकियो भने कुनै पनि काम गर्न सम्भव छ ।’ कुँवरले सामाजिक काममा जहाँ पनि जाने र आफूले चलाएका विभिन्न प्रकारका अभियानको बारेमा पनि जानकारी दिने बताएका छन् ।

रोटरी क्लव अफ त्रिपुरेश्वरले आगामी दिनमा यस्तै सामाजिक काम गर्ने अध्यक्ष श्रेष्ठले जनाए । लकडाउनमा घरमा बस्दा केही गरौं भनेर घरमा सामान्य ढंगले बोटविरुवा रोपेको र त्यसै अभियानबाट थप प्रेरित भएर सामाजिक काममा लाग्ने थप हौसला प्रदान भएको पनि स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय