
१५ साउन, सल्यान । बुधबार सल्यानमा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका- ९ गिठाचौरकी अन्दाजी २० वर्षीया ललिता बोहरा हुन् ।



बुधबार बाख्रा चराउन जङ्गल गएको समयमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको अध्यक्ष इन्द्र कुमाईले बताउनु भयो ।
लगातार पानी परिरहेको हुदा जमिन गलेको र माटो पनि चिप्लो भएको हुदा खुट्टा चिप्लिएर लडेको हुन सक्ने स्थानियको भनाइ रहेको छ ।
शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको र थप जानकारी आउन बाकी रहेको प्रहरीले जनाएको छ ।