स्वयम्भूमा बस दुर्घटना, घटनास्थलमै चालकको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण १६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१६ साउन, काठमाडौं । स्वयम्भूमा सार्वजनिक बस पल्टिदाँ घटनास्थलमै चालकको मृत्यु भएको छ ।

बिहीबार राति पौने १२ बजे बा ५९८४ नम्बरको बस ठुलोभर्‍याङ र हलचोक बीचमा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त, स्वयम्भूका डिएसपी निरञ्जन भट्टले जानकारी दिनुभएको छ ।

बसपार्कमा पार्किङ गर्न लैजादैँ गर्दा दुर्घटना भएको अनुमान गरिएता पनि खास कारण नखुलेको र चालको समेत पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

चालकको शव पोष्टमार्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय