
१६ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षा शुरु हुनु भन्दा ३० दिन र स्नातकोत्तर तहको परीक्षा शुरु हुनु भन्दा २० दिन पहिलेनै सूचना दिने भएको छ ।
यसैगरी त्रिविले एक सूचना जारी गर्दै कोराना भाइरसका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालनका लागि केही समय पर्खने र हालको परिस्थितिमा सुधार आएमा पुर्व सूचना जारी गरेर मात्र परीक्षा संचालन गर्ने जनाएको छ ।



हालको परिस्थितिमा सुधार हुँदै गएमा र कुनै विषम परिस्थिति सिर्जना नभएको अवस्थामा स्नातक तहको भदौ अन्तिम हप्ता र स्नातकोत्तर तहको भदौ तेस्रो साताबाट परीक्षा लिने तयारी भइरहेको जनाएको छ ।