सुनको मूल्य तोलामा ९९ हजार ३०० पुग्यो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण १६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१६ साउन, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ९९ हजार ३०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ३०० रुपैयाँ बढेर ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९८ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा १२ सय रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहीबार चाँदी १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय