ब्याट्री चार्ज गर्दा करेन्ट लागेर एकजनाको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण १६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१६ साउन, काठमाडौं । मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५ राइटोलमा एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बकैया गाउँपालिका-७ घर भइ हेटौंडा ५ बस्दै आएका ६८ वर्षीय पदम बहादुर दोङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेको र मृतक मयुरी चालक रहेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय