
१६ साउन, काठमाडौं । नेपलामा पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरि कुल १० हजार ७८६ नमुना परीक्षण गरिएमा २२४ जनामा कोरोना संक्रमण देखिएको हो ।



यसैगरी काठमाडौं उपत्यकामा मात्रै ३८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।