१७ साउन, काठमाडौं । पछिल्लो समय तीज गीतमा आएको विकृतीबारे लोक तथा दोहोरी गीत प्रतिष्ठानले आफ्नो ध्यानआकर्षण भएको जनाएको छ । प्रतिष्ठानका अध्यक्ष रमेश बि.जीले एक विज्ञप्ती जारी गर्दै गीत संगीतको मर्ममा प्रहार भएको भन्दै दुख व्यक्त गर्नुभएको छ ।
आज बसेको प्रतिष्ठानको बैठकले प्रतिष्ठानका उपमहासचिव शिव हमालको संयोजकत्वमा विकृती विसंगती विरुद्धको १३ सदस्यीय कार्यदल गठन गरेको छ ।
उक्त कार्यदलमार्फत सामाजिक सद्भावमा खलल पुर्याउने एवम् नियतबस दुईअर्थी अपाच्य शब्दसामग्री प्रयोग गर्ने श्रष्टासर्जन कलाकारहरुलाई प्रतिष्ठानले कालोसुचिमा राख्ने निर्णय गरेको छ ।
त्यसैगरी प्रतिष्ठानबाट यस्ता गतिबिधी गर्ने श्रस्टा, सर्जकलाई प्रतिष्ठानका कुनैपनि गतिविधीमा संलग्न नगराउने र प्राप्त सम्पुर्ण सेवा सुविधाहरुबाट बन्चित गराईने निर्णय गरिएको छ ।
साथै तीज गीतको मर्मलाई जोगाईराख्न त्यसबाट निकालिएका खाटी तीज गीत पहिचान गरि सम्मान गर्ने समेत लोक तथा दोहोरी गीत प्रतिष्ठानले निणर्य भएको छ ।