बागमती सफाई महाअभियानको ३७७ औं शृङ्खला पुरा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण १७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१७ साउन, काठमाडौं । बागमती सफाई महाअभियानले आज(शनिबार) ३७७ औं शृङ्खला शंखमुल नजिकै बागमती नदि किनार सडकको दायाँ बायाँ उम्रेको घाँस उखेल्ने र पसल,रेष्टुरेण्ट अगाडि थुप्रिएका फोहोरहरु पसलेहरुद्वारा व्यवस्थापन एवं सचेतना समेत गराई सम्पन्न गरेको छ ।

महाअभियानका अभियन्ता किशोरसिंह शाहीकानुसार सो महाअभियानको सरसफाई कार्यक्रममा बागमती सफाई महाअभियानकी अभियन्ता डा.लक्ष्मी पौंडेल,स्थानीय वासी टोल सुधार समितिका पदाधिकारीहरु,ब्रम्हाकुमारी राज योग सेवा केन्द्रका प्रतिनिधिहरु,अभियन्ताहरुको सहभागितामा सामाजिक दुरिलाई कायम गर्दै झरिमा कुहिने र नकुहिने फोहर छुट्याई व्यवस्थापनसमेत गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय