उपत्यका भित्रदा अनिवार्य १४ दिन क्वोरन्टिनमा बस्नुपर्ने

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण १७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१७ साउन, काठमाडौं । काठमाडौं उपत्यका भित्रिने व्यक्ति १४ दिन अनिवार्य क्वोरन्टिनमा बस्नुपर्ने भएको छ ।

सिसिएमसीले उपत्यका भित्रिने नाकामै क्वारेन्टिनको स्थापना गरेर त्यहीं १४ दिन बसेपछि मात्रै उपत्यका आउन दिन सरकारलाई सिफारिस गरेको छ । खुकुलो नाकाका कारण पछिल्लो समय उपत्यकामा भित्रिनेहरुबाट कोरोना संक्रमण बढेको भन्दै नाकामै क्वारेन्टिन निर्माण गर्न सिफारिस गरेको सिसिएमसीका संयोजक एवं सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए ।

आफूहरुले उपत्यकामा कोरोना संक्रमित बढ्नुका कारण पत्ता लगाउनका लागि काम समेत सुरु गरेको उनको भनाइ छ । पछिल्लो समय विभिन्न जिल्लाबाट उपत्यकामा भित्रिएका सबैको स्वाब संकलन गरेर परीक्षण गर्न पनि सुरु गरेको सचिव गुरागाईंको भनाइ छ ।

समुदायमा कोरोना संक्रमण फैलन नदिनका लागि सबै आ–आफ्नो ठाउँबाट सचेत हुनुपर्नेमा उनले जोड दिए । कुनै व्यक्तिलाई कोरोना देखिएमा त्यस ठाउँलाई तत्काल सिल गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय