
कसैलाई भिड, कसैलाई एकान्त प्यारो,
संयोगान्त त कसैलाई वियोगान्त प्यारो ।
संसारको जुनसुकै कुनामा पुगे पनि ,
यहाँ जननी र जन्मभूमि नितान्त प्यारो ।



आ-आफ्नै अडानमा अडिग भइरहने,
नेतालाई उसकै पार्टीको सिद्धान्त प्यारो ।
एकाग्र एकचित्त भै सधैं लेख्ने गर्दछु,
मलाई चाहिँ होहल्ला होइन शान्त प्यारो ।
सत्कर्ममै जिन्दगानी बिताउँछ जसले,
पाउँनेछ अवस्य भावीको लेखान्त प्यारो ।।
शिरीष ढकाल
मण्डनदेउपुर नगरपालिका-५, काभ्रेपलाञ्चोक
हाल: दुबई, युएई