सिद्धार्थ राजमार्ग भासियो, ठूला सवारीसाधन ठप्प

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण १८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१८ साउन, काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल तानसेन–सडक ठाउँठाउँमा भास्सिँदा ठुला सवारी साधन अलपत्र परेका छन् । पाल्पाका प्रहरी प्रवक्ता डीएसपी मदन गिरीले विभिन्न स्थानमा सडक भासिएपछि साना सवारी साधन एकतर्फी आवतजावत गर्न दिएपनि ठूला सवारी साधन आवतजावतमा रोक लगाइएको जानकारी दिए ।

डीएसपी गिरीकाअनुसार दोभान बजारदेखि ५ सय मिटर नजिकै झण्डै ३ मिटर पक्की सडकको जग नै भासिएको छ । त्यस्तै झुम्सा, चौबिस माइल, नाग मन्दिर, भुतखोला पैठेडाँडामा पनि सडक चिराचिरा परेर भासिएको छ ।

बुटवलतर्फ आवतजावत गर्ने कास्की, म्याग्दी, बाग्लुङ्ग , स्याङ्गजा, गुल्मी र पाल्पाका ठूला सवारी साधन बीचबाटोमै अलपत्र परेका छन् । गाउँ नै जोखिमा पर्ने गरि सडक भासिएपछि स्थानीयवासी त्रसित र चिन्तित बनेका छन् । रातोपटी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय