अब झाडापखाला र ज्वरोका बिरामीको पनि पीसीआर विधिबाट परीक्षण गरिने

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण १८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१८ साउन, काठमाडौं । अब ज्वरो, झाडापखाला जस्ता समस्या भएका विरामीको पनि कोरोना परीक्षण हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि तेस्रो संशोधन निर्देशिका जारी गर्दै ज्वरो, कफ, श्वासप्रश्वास र झाडापखालाजस्ता समस्या भोगिरहेका तथा संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबै व्यक्तिमा कोरोना परीक्षण गरिने जनाएको हो ।

पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको हो । त्यस्तै बाहिरबाट आएर ५ देखि ७ दिनसम्म क्वारेन्टाइनमा बसिसकेका व्यक्तिहरूमा पनि परीक्षण गरिनेछ ।

नयाँ निर्देशिकाअनुसार कोरोना संक्रमितको उपचार र स्वाब संकलनमा खटिने स्वास्थ्यकर्मी एवम् कर्मचारी, १४ दिन क्वारेन्टाइनमा बसी कोरोना संक्रमण उच्च जोखिम रहेको क्षेत्रमा फर्केका व्यक्तिहरू, आइसीयूमा भएका सबै बिरामी र विशेषगरी ६० वर्ष उमेर पार गरेकाहरू र चिकित्सकीय मूल्याङ्कनका आधारमा शल्यक्रिया गर्नुपर्ने बिरामीहरुको पनि पीसीआर विधिबाट स्वाब परीक्षण गरिनेछ ।

त्यस्तै स्थल तथा हवाईमार्गको प्रयोग गरी विदेशबाट आएका सबै मानिसहरूले अब कोरोना संक्रमण भए। नभएको पुष्टि गर्न परीक्षण गराउनुपर्नेछ । मन्त्रालयले जारी गरेको निर्देशिकामा कोरोना परीक्षणका लागि विभिन्न १० वटा मापदण्ड निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय