संयुक्त पहलमा निशुल्क खाना र सरसफाई

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण १८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१८ साउन, काठमाडौं । विभिन्न सामाजिक संघसंस्थाको पहलमा शनिबार काठमाडौंको बालाजुको विष्णुमति पुलमा एक सय जनालाई निःशुल्क खाना खुवाएको छ ।

बालाजु संरक्षण समितिका अध्यक्ष शान्जे गुरुङ, सल्लाहकार आरबी ठकुरी, जागृति युवा क्लबका अध्यक्ष सन्तोष गुरुङ र नेपाल स्वयंसेवक संघका अध्यक्ष सन्तोष निरौला, उपाध्यक्ष मोहन गमाल, उपाध्यक्ष हरि ठकुरीका साथै अन्य स्वयंसेवकहरुको विशेष पहलमा यो अभियान गरिएको नेपाल स्वयंसेवक संघका अध्यक्ष सन्तोष निरौलाले बताए ।

उनले आफूहरुले सामाजिक सेवा गर्ने उद्येश्यले निरन्तर यस्तै सहयोग गर्दै आएको जनाए । नेपाल स्वयंसेवक संघका उपाध्यक्ष गमालले आगामी दिनमा पनि समस्यामा परेका नागरिकलाई सहयोग गर्ने आफूहरुको उद्येश्य भएको बताए । उनले भूकम्पका बेला पनि गरेको सहयोगको मानिसहरुले अझै पनि चर्चा गरिरहेको र त्यसबाट आफू सन्तुष्ट भएको पनि स्पष्ट पारे ।

उनीहरुले खाना खुवाएसँगै मिनरल वाटर पनि वितरण गरेका थिए । अभियानले विष्णुमति सरसफाई पनि गरेको छ । निरौलाको संस्थाले कोरोना भाइरसको कारण भएको लकडाउनमा पनि उपत्यकामा निःशुल्क खाना खुवाएको थियो । त्यसको केही समयपछि उनकै सक्रियतामा उपत्यकाका विभिन्न अस्पतालका विरामीहरुलाई मिनरल वाटर पनि वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय