जिपले ठक्कर दिदा मोटरसाइकलमा सवार एकजनाको मृत्युु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण १८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१८ साउन, काठमाडौं । सुनसरीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा धरान उपमहानगरपालिका बस्ने ४० वर्षीय दीपक मगरको मृत्यु भएको छ ।

इनरुवा नगरपालिका-४ स्थित सडकमा को १ च ८३०१ नम्बरको जिपले को २८ प ४२७३ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । मोटरसाइकलका चालक समेत रहेका मगरको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिन जिपका चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय