२० साउन, मकवानपुर । मकवानपुमा लागु औषध सहित तीनजना पक्राउ परेका छन् ।
अटोको सिटमुनी लुकाइ राखेको अवस्थामा १२ किलो ९३२ ग्राम चरेससहित तीनजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा थाहानगर- ७ महादेव खर्कका ३० वर्षीय शुभराज घलान, छापटोलका ३३ वर्षीय नारायण सिंह मोक्तान र फेदिगाउँ देउरालीका ४७ वर्षीय अटो चालक कृष्ण बहादुर गुरुङ रहेका छन् ।
आइतबार बिहान थाहा नगरको चित्लाङबाट काठमाडौं चन्द्रगिरी तर्फ जाँदै गरेको प्रदेश नं. ३- ०३- ००१ ह ०२५९ नम्बरको अटोमा रहेको चरेस प्रहरीले बरामद गरेको हो ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।