अख्तियारका १५ जना कर्मचारीमा कोरोना, १८२ स्वाब परीक्षण

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण २०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२० साउन, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा कार्यरत १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आयोगका जनसम्पर्क तथा सञ्चार विज्ञ शरद अधिकारीका अनुसार १ सय ८२ जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

‘संक्रमण देखिएकामध्ये १४ प्रहरी र एक सिभिल ड्राइभर हुन्, प्रमुख आयुक्तसहित अन्य पदाधिकारीहरूको रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने । अधिकारीका अनुसार प्रहरी प्रधान कार्यालयबाट काजमा आयोग आएका एक जना सईलाई ज्वरो आएको थियो। ‘परीक्षण गर्दा गत बिहीबार उहाँमा कोरोना संक्रमण पुष्टि भयो। शुक्रबारदेखि आयोगमा ठूला बैठक रोकिएका थिए,’ उनले भने।

प्रहरीमा कोरोना देखिएपछि आइतबार बिहान कार्यालयमै प्रमुख आयुक्त नवीन घिमिरेसहितको स्वाब संकलन गरिएको थियो । पछिल्लो समय प्रहरी प्रधान कार्यालयमा ७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय