
२० साउन, मकवानपुर । मकवानपुरको थाहानगरपालिकाको क्वारेन्टाइनमा बसेका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पशुपन्छी रोग तथा अन्वेषण तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परिक्षणमा एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा आइसोलेसन वार्डका इन्चार्ज भोलाप्रसाद चौलागाईंले जानकारी दिनुभयो ।



जिल्लाको थाहानगरपालिका-६ स्थित क्वारेन्टाइनमा बस्दै आएका बिरगंज महानगरपालिका वडा नं-२३ स्थायी घर भएका २० वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उक्त संक्रमित युवा पाँच दिन अघि थाहा नगरपालिका आएका थिए I उनको स्वास्थ्य अवस्था सामन्य रहेको र उनलाई हेटौंडा स्थित कररा आइसोलेसनमा ल्याउने तयारी भइरहेको चौलागाईंले बताउनु भयो ।