नर्सलाई कोरोना लागेपछि धौलागिरि अञ्चल अस्पतालको ओपिडी सेवा बन्द

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । धौलागिरी बहुमुखी क्याम्पस बाग्लुङको प्रि–आइसोलेसन कक्षमा कार्यरत नर्समा कोरोना संक्रमण पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ ।

नर्समा कोरोना पोजेटिभ पुष्टि भएपछि ओपिडी सेवा बन्द गरिएको अस्पतालका प्रमुख डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिएका छन् ।

ती नर्समा कोरोनाको लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा मंगलबार पोजेटिभ रिपोर्ट आएको डा. पोखरेलले बताए । संक्रमित नर्ससँग सम्पर्कमा आएका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको पीसीआर परीक्षण गर्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म सेवा बन्द गरिएको पोखरेलले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय