पर्सामा एक युवतीको मृत्युपछि मात्रै कोरोना पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२१ साउन, काठमाडौं । पर्साकी एक युवतीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका-९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

बान्ता भएपछि उपचारका लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेज ल्याउँदै गर्दा बाटोमै युवतीको गत सोमबार मृत्यु भएको थियो । मृत्युपछि शंकामा स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकाे थियाे ।

मेडिकल कलेजमा गरिएकाे परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयाे ।

ती युवतीको घर पोखरिया–८ जगतपुर हो । तर उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी थिइन् । युवतीको मृत्युसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु् हुनेको संख्या १४ पुगेको छ । देशभर भने मृतकको संख्या ५९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय