२१ साउन, काठमाडौं– कोरोनाको संक्रमण बढ्दो अवस्थामा रहेकाले नेपाल चलचित्र कलाकार संघले आयोजना गर्न लागेको कलाकारबीचको अन्तरक्रिया तथा कार्यशालाका निर्धारित कार्यक्रमहरु हाललाई स्थगित गरिएको छ ।
संघका उपाध्यक्ष तथा प्रवक्त मोहन निरौलाद्वारा बुधवार जारी गरिएको प्रेस विज्ञप्तीमा लकडाउन हटेपछि नेपालमा कोभिड–१९ को जोखिम दिन प्रतिदिन भयावह बन्दै गैरहेको अवस्थामा सम्पूर्ण नेपालीका साथै चलचित्रकर्मीहरुलाई विशेष सावधानी अपनाउन अपील गरिएको छ ।
संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाद्वारा प्रेसित प्रेस विज्ञप्तिमा सम्पूर्ण जन समुदाय तथा विशेष गरेर चलचित्रकर्मीहरुलाई सावधानी अपनाइ आफु र अरुको जीवन कोरोनाको संक्रमणबाट सुरक्षित गर्न नेपाल चलचित्र कलाकार संघको अपिल रहेको छ ।