गोरखाकी संक्रमित महिलाको सम्पर्कमा आएका एकै परिवारका तीनजनामा कोरोना पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण २२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२२ साउन, गोरखा । गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीबजारकी एक महिलामा संक्रमण देखिएसँगै उनीसँग नजिक सम्पर्कमा रहेकाहरुको पिसिआर जाँच गर्दा तीन जनामा संक्रमण देखिएको हो ।

संक्रमित महिलाको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा कोरोना परीक्षण गरिएका ५१ जना मध्ये तीनजनामा संक्रमणको पुष्टी भएको स्रोतले जनाएको छ ।

संक्रमित तिनै जना एकै परिवारको भएको बताइएको छ । संक्रमित मध्ये दुइजना पुरुष र एक जना महिला रहेको पुष्टी भएको हो ।

स्वाब संकलन गरि कोरोना परीक्षण गरिएका अन्य ४८ जनाको रिर्पोट भने नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय