
२३ साउन, काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ ।
सिरहाको गोलबजार नगरपालिका- १२ का २१ वर्षीय युवकको मृत्यु भएको हो ।



सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीराज कँडेलका अनुसार उनी मिर्गौलाका बिरामी थिए । नियमित डायलासिससमेत गराउँदै आएका उनी केहिदिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो ।
मृतकको शव आज गोलबजार ल्याएर नेपाली सेनाले व्यवस्थापन गर्ने प्रजिअ कँडेलले बताएका छन् ।