२४ साउन, काठमाडौं । भारतको केरलामा एयर इन्डियाको हवाई जहाज दुर्घटना हुँदा पाइलटसहित १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा क्याबिन क्रुका चार जना सदस्य सकुशल छन् ।
दुबईबाट आएको हवाईजहाज शुक्रबार बेलुका ७ बजेर ४१ मिनेटमा केरलाको कोझिकोड विमानस्थलमा दुर्घटना भएको हो । अवतरणको क्रममा रनवेमा चिप्लिएर विमान ३५ फिट टाढा खाल्डोमा खसेको थियो ।
दुर्घटनापछि विमान दुई टुक्रा भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । जानकारी अनुसार उक्त विमान १८९ यात्रु लिएर दुवईबाट कालीकट आएको थियो । यस दुर्घटनामा कयौं घाइते भएका जनाइएको छ ।
जहाँ १८९ जना यात्रु र ६ जना क्रु मेम्बर थिए । उद्दारका लागि एनडीआरएफको एक टिम कोझिकोट हिँडिसकेको जानकारी गराइएको छ ।