२५ साउन, काठमाडौं । अमेरिकामा कोरोना संक्रमित ५० लाख नाघेका छन्। कोरोना भाइरसबाट विश्वमा सबैभन्दा प्रभावित देश अमेरिका हो ।
अहिलेसम्म यहाँ १ लाख ६२ हजार भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ।
अरु देशजस्तै यहाँको जनजीवन पनि कोरोना भाइरसका कारण निकै प्रभावित भइसकेको छ भने ठूलो संख्यामा मानिस बेरोजगार भएका छन् ।
यसैबीचमा लाखौं बरोजगार अमेरिकीका लागि राहात प्याकेजसम्बन्धि एक कार्यकारी आदेशमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन् ।
यसबाट बेरोजगारले भत्ता पाउनेछन्।
अमेरिकापछि ब्राजिलमा २९ लाख ६२ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् भने करिब एक लाखको मृत्यु भइसकेको छ।
ब्राजिलपछि भारतमा २१ लाख मानिस संक्रमित भएका छन्। १४ लाख २० हजारभन्दा धेरै संक्रमित निको पनि भइसकेका छन्।