२५ साउन, काठमाडौं । भक्तपुर नगरपालिकामा सनिबार राति जिप र मोटरसाइकल ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।
च्यामासिंबाट जगातितर्फ आउँदै गरेको बा १९च ३३८४ नंको जिप र बा६६प २८१० नंको मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९ वर्षका सुमन कुटवाल श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
रामेछाप खनियापानी गाउँपालिका वडा नम्बर ७ घर भई काठमाडौँ शङ्खमूल बस्ने २१ वर्षीय जिप चालक नारायणबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी बृत्त जगातिका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो