२५ साउन, काठमाडौं । गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ।
जिल्लाको मदाने गाउँपालिका–१ अग्लुङका ३९ वर्षीय कमल भण्डारीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।
शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिनुभयो ।