भुवन चैत्य बसुन्धरा फाउण्डेसनद्वारा भैरब र शकुन्तला पुरस्कृत

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण २५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२५ साउन, काठमाडौं । भुवन चैत्य बसुन्धरा फाउण्डेसनले अर्पण गर्ने यस बर्षको हरिश भुवन चन्द पुरस्कार र चेतनारायण बसुन्धरा भुसाल पुरस्कार साउन २५ गते अलग अलग कार्यक्रमका वीच प्रदान गरिएको छ ।

विगत पाँच दशक देखि नेपाली चलचित्र र रंगमन्चमा अनवरत रूपमा कार्यरत विशिष्ट रंगकर्मी तथा चरित्र अभिनेत्री श्रीमती शकुन्तला शर्मालाई चेतनारायण बसुन्धरा भुसाल पुरस्कार र छ दशक भन्दा बढी समय देखि नेपाली रंगमन्च तथा नृत्य निर्देशनको क्षेत्रमा कार्यरत श्री भैरब बहादुर थापालाई हरिश भुवन चन्द पुरस्कार अर्पण गरिएको छ ।

कोरोना संक्रमण बढीरहेको अवस्था भएकाले पुरस्कार अर्पणको कार्यक्रम जमघट नगरी फाउण्डेसनका पदाधिकारी र केही संचारकर्मीको उपस्थीतिमा सम्पन गरिएको दुबै पुरस्कारों राशी जनही एकाउन्न हजार रहेको छ ।

स्थापना बर्षको पुरस्कार गत बर्ष चलचित्र बिकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषलाई एकलाख त्रिपन्नहजार रूपैया अर्पण गरिएको थियो ।

बिशिष्ट नृत्य निर्देशक श्री भैरब बहादुर थापालाई पुरस्कार र सम्मान अर्पण कार्यक्रममा का म न पा वडा नं ५ का वडा अध्यक्ष श्री रमेश डंगोल, निर्देशक श्री समझना उप्रेती रौनियारको उपस्थिती रहेको थियो भने विशिष्ट रंगकर्मी तथा चरित्र अभिनेत्री श्रीमती शकुन्तला शर्मालाई पुरस्कार र सम्मान अर्पण गर्ने कार्यक्रममा विशिष्ट चलचित्रकर्मी श्री हरिहर शर्माको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय