कोरोना संक्रमणबाट पर्सामा एक महिलाको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण २६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । कोरोना संक्रमणबाट पर्सामा थप एक महिलाको मृत्यु भएको छ ।

गएराति नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र गण्डकमा उपचाररत् वीरगंज महानगरपालिका वडा नम्बर १५ भेडियाहीकी ४५ वर्षीया महिलाको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । ती महिलालाई पहिलादेखि नै उच्च रक्तचाप, थाइराइट र स्वासप्रस्वासको समस्या रहेको उनले बताए ।

यसैबीच पर्सामा थप २२ जनामा संक्रमण पुष्टि भएको छ । २२ वर्ष देखि ५५ वर्ष उम्मेर समुहका ६ जना महिला र १६ जना पुरुषमा संक्रमण पुस्टि भएको उपाध्यायले जानकारी दिए । पोखरिया अस्पतालका एक जना चिकित्सक सहित ४ जना स्वास्थ्यकर्मी, जिल्ला प्रहरी कार्यालयमा कार्यरत ४ जना सुरक्षाकर्मी र नारायणी अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समासमेत संक्रमण पुष्टि भएको हो । पर्सा जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या एक हजार ३४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय