सभापतिको पद मोहले पार्टीभीत्रको विवाद सतहमा ल्यायो : नेता पौडेल

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२८ साउन, काठमाडौँ । नेपाली कांग्रेसको आगामी फागुनमा हुने भनिएको चौधौं महाधिवेशनका विषयमा पार्टी भित्र मतभेदहरु भइरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेलले विवाद सतहमा आउनुको मुख्य कारण पार्टीभीत्र हावी सभापति पदको मोह प्रमुख रहेको बताउनु भएको छ ।नेता पौडेलले सभापतिले जथाभावि कार्यकर्ता भर्ना गरि गाईजात्रा गरिरहेको आरोप लगाउनु भएको छ ।

रेडियो काठमाण्डुमा यू .पी लामिछाने सँग कुरा गर्दै उहाँले पार्टी भित्र भइरहेको समस्याको समाधान महाधिवेशनबाट हुने बताउनुभयो । उहाँले महाधिवेशनले नेपाली कांग्रेसमा ठूलो परिवर्तनको अपेक्षा रखेको बताउनु भयो । उहाँले भन्नुभयो,’राष्ट्को लोकतन्त्रलाई जोगाउन ७० वर्ष देखि जनताले गर्दै आएको संघर्षको परिमार्णलाई बचाउन, नेपालमा संसदीय लोकतान्त्रिक प्रणाली र लोकतन्त्रमा आधारित मूल्यमान्यतामा आधारित लोकतान्त्रीक समाजवादलाई सामार रुप दिलाउन नेपाली कांग्रेसले नयाँ रुप अपनाउन आवश्यक छ ।’ वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसमा व्यक्ति मात्रमा परिवर्तन भएको र अब व्यक्तिमा मात्र नभई प्रवृत्ति, आचरण र निष्ठाको परिवर्तन आवश्यक रहेको बताउनु भयो ।

अहिलेको महाधिवेशनलाई तेह्रौ र महिला महाधिवेश जस्तो लुटेर अघि लान नदिने चेतावनी समेत दिनुभएको छ । चौधौं महाधिवेशनले पार्टीलाई खरो रुपमा लोकतान्त्रिक समाजवादी पार्टीको रुपमा उभ्याउन लागि परेको जानकारी समेत दिनुभएको छ । पार्टी भित्र विभिन्न कुरालाई लिएर नेता तथा कार्यकर्ताले भद्रगोल गरिरहेको र भद्रगोलले पार्टी अगाडि बढ्नकोु सट्टा पछि धकेलिने भन्दै अबको महाधिवेशनले पार्टी भित्र भइरहेको भद्रगोल अन्त्य हुने विश्वास व्यक्त गर्नु भयो ।

नेपालको बागडोर समालिरहेका कम्युनिष्टहरुले जनतालाई झुटो आश्वासन दिएर जनतालाई देखाएको सपनाहरु पुरा नगरेकोले जनता निरास भएको कारण अब नेपाली कांग्रेसले देश र जनताको लागि काम गर्ने विश्वास गराउन पार्टीलाई सक्षम बनाउने तर्फ ध्यान केन्द्रित रहेको बताउनु भयो । उहाँले भन्नुभयो ,’नेपाली कांग्रेसको माहान मिसन भनेको नेपाललाई हिन्दु राष्ट् बनाउने, सम्पन्न र सक्षम राष्ट् बनाउने, लोकतान्त्रिक मुलुक बनाउने रहेको छ ।’ नेपाली कांग्रेस सत्तामा रहँदा नेपाली जनताको लागि ग्रामिण कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, कृषिमा योगदान दिएको समेत उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय