
२८ साउन, काठमाडौं । सोमबारदेखि हराइरहेका कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँ मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा शव भेटिए पछि परिवारको सहायतामा शव पहिचान गरिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिनुभयो ।



बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएका थिए ।
अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको थियो । उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेऊबाट स्वीच अफ भएको थियो ।
खोलामा हराएको हुनसक्ने आशंकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनको खोजी थालेको थियो । खोला किनारमा भेटिएको जुत्ता बानियाँकी छोरीले बुबाकै भएको पुष्टि गर्नुभएको थियो ।