२८ साउन, मकवानपुर । मकवानपुरमा थप तीनजनामा आज कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारी अनुसार पाटन अस्पताल ललितपुरमा गरिएको परिक्षणमा मकवानपुरमा थप तीनजनामा कोरोना भाइरस पुष्टि भएको हो ।
कोरोना भाइरस संक्रमित मकवानपुर का कुन कुन स्थानका हुन् भन्ने बारेमा थप विवरण आउन बाँकी रहेको छ ।