टिचिङ अस्पतालका आकस्मिक कक्ष सिल, दुई डाक्टरसहित सातजनामा कोरोना पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण २९,
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

२९ साउन, काठमाडौं । महाराजगञ्जस्थित टिचिङ अस्पतालको दुई डाक्टरसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आकस्मिक कक्षका दुई डाक्टर र चार जना नर्समा बुधबार कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै, कर्मचारी ओसार्न भक्तपुर रुटमा सञ्चालन भइरहेको टिचिङ अस्पतालका बसका चालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सात जनामा संक्रमण देखिएपछि टिचिङ अस्पतालको आकस्मिक सेवा सिल गरिएको छ ।

अस्पतालका अन्य डाक्टर तथा नर्सहरूको पीसीआर परीक्षण शुरू गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय