देउवाले दिएको पद लिइनन् तनहुँकी चन्द्रकलाले

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण २९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह समन्वय विभागमा सदस्य मनोनीत गरेकी चन्द्रकला भट्टराइले पद लिन अस्वीकार गरेकी छिन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका ८ की भट्टराइले पार्टी सभापति देउवालाई पत्र लेख्दै मनोनयन अस्वीकार गरेकी हुन् । उनले बुधबार एक विज्ञप्ती प्रकाशित गरी मनोनयन गरेकोमा देउवालाई धन्यवाद समेत दिएकी छिन् । उनले पार्टीको १४ औं महाधिवेशनको प्रक्रिया अघि बढिसकेकाले विभागमा मनोनयन हुनुको औचित्य नदेखेको पनि स्पष्ट पारेकी छिन् । देउवाको ४ वर्षे कार्यकाल गत फाल्गुणमा सकिएको छ । विधानले एक वर्ष कार्यकाल थप्न सक्ने व्यवस्था गरेको छ ।

देउवाले महाधिवेशनको मुखमा आएर एकलौटी ढंगले विभागमा सदस्य मनोनयन गरेको भन्दै पार्टीभित्र नै अर्को पक्षले आपत्ति जनाउँदै आएको छ । मंगलबार १२ जना केन्द्रीय सदस्यले मनोनयन फिर्ता लिन भन्दै सामूहिक रुपमा देउवालाई दबाब समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय