२९ साउन, प्युठान । प्युठानमा बेवारिसे अवस्थामा नदीमा शव फेला परेको छ ।
जिल्लाको प्युठान नगरपालिका-४, सत्तरी स्थित झिमरुक नदीको किनारमा अन्दाजि ५० वर्षीय एक पुरुषको बेवारिस शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
मृतकको शरिरमा दुवी भएको र निरवस्त्र अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभयो ।
यसैगरी घटना बारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।